शनिबार, वैशाख ८, २०८१

इरानमा कार दुर्घटनामा १० जनाको मृत्यु

मेरोन्यूज २०७९ असार १७ गते १५:४४

काठमाडौँ । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्सहर सडकमा दुई वटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन् ।

घाइतेलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।

प्रतिक्रिया