शुक्रबार, वैशाख १४, २०८१

युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहराविरुद्ध प्रहरीमा जाहेरी

मेरोन्यूज २०७९ असार १७ गते १२:४९

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै युवासंघका केन्द्रीय सदस्य हिक्मत बोहराविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

धान दिवसको अवसरमा ललितपुरको फर्सिडोलमा युवासंघले आयोजना गरेको धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जुरेलीले प्रहरीमा जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरमा रेस्लर अस्मिता जुरेलीले विहिबार जाहेरी दर्ता गरेको र अनुसन्धान प्रक्रिया पनि अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

असार १५ मा ललितपुर महानगरपालिका-२२ स्थित फर्सिडोलमा युवासंघले आयोजना गरेको रोपाइँ कार्यक्रममा उनीमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आरोपी हिकमत बोहरा उर्फ हिलारी बझाङका हुन् । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए ।

प्रतिक्रिया