मंगलबार, वैशाख ११, २०८१

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

मेरोन्यूज २०७९ असार १७ गते ७:५५

काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बिहीबार बढुवा समितिले प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सक्नेछन् ।

आठ वर्षमा बढुवा हुनुपर्ने निरीक्षकहरूको लामो समयसम्म बढुवा रोकिएको थियो । प्रहरीमा भने १५ वर्षअघि निरीक्षक भएकाहरू एसपी भइसकेका छ्न् ।

प्रतिक्रिया