शुक्रबार, वैशाख ७, २०८१

कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ

मेरोन्यूज २०७९ असार १६ गते २१:५८

सप्तरी । जिल्ला प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन् । उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए । साढे ७ दिन कैद र १७७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया