बुधबार, वैशाख १२, २०८१

न्यायाधीश कोइरालाको छानविन समितिमा चोलेन्द्रका भाई प्रभुको चर्चा

मेरोन्यूज २०७९ असार १६ गते २१:१४

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो प्रकरण बाहिरीएपछि बनेको न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी नेतृत्तवको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रारम्भिक ब्रिफिङ गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले घटनामा न्यायाधीश राजकुमार कोइरालाको संलग्नता देखिने केही आधारहरु प्राप्त गरेको ब्रिफिङ गरेको छ ।

यस्तै निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाका भाई प्रभुशमशेर जवाराको समेत यो घटना र अन्य घटनाहरुमा समेत बिचौलियाको रुपमा संलग्नता देखिएको ब्रिफिङ समितिले प्रधानमन्त्रीलाई गरेको छ । प्रभुशमशेर जवाराका अन्य थुप्रै सेट्रिमा समेत संलग्ना देखिएको भन्दै उनिमाथि समेत अनुसनधान अघि बढाउनुपर्ने निश्कर्ष छानविन समितिले गरेको छ ।

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी संयोजक र पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेको छानविन समिति असार ८ गते गठन गरिएको थियो । अडियो प्रकरणमाअधिवक्ता रुद्र पोखरेल आफूले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा देखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशसम्मलाई मिलाउने आश्वासन दिएको सुन्निछ ।

जसका आधारमा सो घटनामा राणाको संलग्नताबारे समेत छानविन समितिले अनुसनधान गरीरहेको छ । सोही क्रममा उनका भाई प्रभु शमशेरको संलग्नता खुलेको स्रोतको दावी छ । प्रभु शमशेरले अदालतमा सेटिङको राज चलाएको अकुत आर्जन गरेको भनि सम्पत्ति शुद्धिकरण विभागले समेत अनुसन्धान गरीरहेको छ । डा. गोविन्द केसीले समेत उनिमाथि छानविन गरीनुपर्ने माग राख्दै अख्तियारमा उजुरी हालेका थिए ।

प्रतिक्रिया