मंगलबार, वैशाख ११, २०८१

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

मेरोन्यूज २०७९ असार १६ गते १९:२०

काठमाडौँ । फिलिपिन्सका नवनिर्वाचित राष्ट«पति बोङबोङ मार्कोसको सपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् ।

बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य चौधरी सहभागी भएका हुन् ।

नेपालका एक मात्र अरब डलर पति चौधरी नवनिर्वाचित राष्ट«पतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथ ग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।

उनी नेपाली राष्टि«य पोशाक दौरा सरूवाल र टोपी लगाएर उनी सपथ ग्रहण समारोहमा सहभागी भए । सपथ ग्रहण समारोहमा चौधरी धर्म पत्नीसहित सहभागी थिए ।

नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७ अौँ राष्ट«पति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।

प्रतिक्रिया