शनिबार, वैशाख ८, २०८१

उपराष्ट्रपति निवासमा प्रचण्ड बाबुरामको भेट

मोहम्मद इस्तियाक र प्रदीप उपेन्द्रतिरै लागेपछि बाबुरामको प्रचण्डप्रति गुनासो - तपाईले उपेन्द्रलाई सघाउने गरी खेल्नुभयो

मेरोन्यूज २०७९ असार १६ गते १३:३६

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली मानिने दुई सांसद हुन् – मोहम्मद इस्तियाक राई र प्रदीप यादव ।दुवै नेता केही अगाडीसम्म पार्टीभित्र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग नजिक थिए । तर एकाएक पछिल्लो दुई साता यता दुवै नेताले आफनो धुव्र फेरे ।


इस्तियाक राईलाई बाबुराम भटटराईले आफनो कोटाबाट मन्त्री बनाउन पनि अनेक कोसिस गरे । तर सकेका थिएनन ।
तैपनि उनले बाबुरामलाई नै साथ दिईरहेका थिए ।

दुई साता यता भटटराईलाई साथ दिईरहेका यी दुवै नेता उनको सम्र्पकमै रहेनन । बरु उपेन्द्र यादवले गत सोमबार काठमाडौंको रातोपुलमा आयोजना गरेको कार्यकारणी सदस्यहरुको गुट बैठकमा सहभागी भईदिए ।


त्यही बैठक यस्तो थियो, जसले सरकारमा रहेका मन्त्री फेर्ने र नयाँ पठाउने, बाबुराम सहित ४ नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो । त्यसपछि भने डा.बाबुराम भट्टराई आफनो पार्टीका नेता नभई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग झस्किएका हुन् ।


दुवै नेताले प्रचण्ड भेटेपछि आफनो समुह छोडेर उपेन्द्रतिर खुलेको र उपेन्द्रतिर खुलाउनका लागि प्रचण्डले भूमिका निर्वाह गरिदिएको आरोप बाबुरामको छ । पार्टी विभाजनको अन्तिम रस्साकस्सी उपेन्द्र र बाबुराम बीच चलिरहँदा आज विहान उपराष्टपति निवास लैनचौरमा बाबुराम र प्रचण्डबीच भेटबार्ता भएको छ । भेटमा उपेन्द्रलाई सघाउने गरी आफनो पार्टी र नेतामाथी प्रचण्डले खेलिदिएको आरोप बाबुरामले लगाएका छन् ।


यी दुवै नेताले केही दिन अगाडी प्रचण्डसँग दिनमै दुई पटकसम्म पनि भेट गरेको आरोप बाबुरामको थियो । बाबुरामको त्यस्तो आरोपमा प्रचण्डले आफुले कुनै पनि दलका नेतासँग भेटेर त्यसरी साँठगाँठ नगरेको र उपेन्द्रसँग पनि त्यसरी एक्लै नभेटेको बताएका थिए ।

त्यसपछि भने दुई नेताहरु अन्य समसामायिक राजनीतिका विषयमा छलफलमा केन्द्रीत भएका थिए । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेका छन् । त्यो सम्भव नभएपनि समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न प्रचण्डले गरिरहेका छन् । तर बाबुरामले भने माओवादीमै रहने भन्दा पनि समाजवादी केन्द्र निर्माणका विषयमा भने सोच्न सकिने बचन प्रचण्डलाई दिने गरेका छन् ।


प्रचण्ड र बाबुरामले केही दिन अगाडी मात्रै पनि उपराष्टपति निवासमै भेटवार्ता गरेका थिए । यी दुई नेताले भेटघाट गर्नुपर्यो भने उपराष्टपति निवास रोज्ने गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले भने प्रचण्ड -बाबुराम फेरि पनि मिलेरै अगाडी जानुपर्ने भन्दै सुझाव दिदैं आईरहेका छन् ।

प्रतिक्रिया