शुक्रबार, वैशाख ७, २०८१

एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

मेरोन्यूज २०७९ असार १५ गते २०:२१

काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल÷कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुने छन् । कमलादीस्थित युनिग्लोब कलेजमा आज पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो ।

उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागि हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया