शुक्रबार, चैत १६, २०८०

यस्ता छन् मन्त्रिपरिषदले गरेका १० निर्णय

मेरोन्यूज २०७९ असार १५ गते १६:५७

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

  1. काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने ।
  2. विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने ।
  3. सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने ।
  4. मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
  5. कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने ।
  6. भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
  7. महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने ।
  8. बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गर्ने ।
  9. निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने ।
  10. श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने ।

प्रतिक्रिया