शुक्रबार, वैशाख १४, २०८१

नयाँ पार्टी खोल्ने हुटहुटी !

बामदेव र रवि लामिछाने : कसको पार्टी होला बलियो ?

रवि लामिछाने र बामदेव गौतको भविष्य के होला ?

शित्तल शर्मा २०७९ असार १५ गते १९:४५

आगामी मंसिरमा संघ/प्रदेशको चुनाव गर्ने तयारीमा सरकार र निर्वाचन आयोग जुटिरहँदा नयाँ नयाा राजनीतिक दलहरु देखा पर्न थालेका छन् । असारमा मात्रै दुईटा यस्ता नयाा पार्टीहरु जन्मिए, त्यसका अनेक खालका अनुमान र विश्लेषणहरु भईरहेका छन् ।

असार ७ गते सञ्चारकर्म छोडेर रवि लामिछानेले राष्टिय स्वतन्त्र पार्टी घोषणा गरे । ठिक त्यसको एक सातापछि बामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गरे । यी दुई राजनीतिक दल घोषणा भएसँगै आगामी चुनावलाई लिएर यी पार्टीको भविश्यका बारेमा केन्द्रीत लेखाजोखा शुरु भएको छ ।

मक्सद फरक
बामदेव गौतम हुन् या रवि लामिछाने, दुवैं आफुलाई राजनीतिको कुनै न कुनै ‘टावर’मा राख्न चाहान्छन् । टावरमा देखिनकै लागि पनि यी दुईका मक्सद भने फरक छन् । वामपन्थी शक्तिहरूलाई ध्रुवीकरण गर्ने उद्देश्यसहित गौतमले आफ्नै नेतृत्वमा पार्टी घोषणा गरेका हुन् । तर रवि लामिछानको भने कुनै विचार या वाद समुहलाई मिलाउने वा यो दल अथवा उ दललाई मिलाउने भन्ने कुनै मक्सद छैन ।

उनको देखिएको एउटै मक्सद भनेकै अहिले आउने चुनावमा अरु राजनीतिक दलका उम्मेदवारलाई जाहाँ जति सकिन्छ जितनबाट रोक्ने र आफनो दल त्यसमा पनि मुख्यत आफु चुनाव जित्ने ।

यति फरक छ, यी दुई पार्टीका वीचमा ।

बामदेवले पार्टी निर्माण गर्नुका पछाडि केही बाध्यता र केही हुटहुटी छ  । कुनै समय एमालेभित्र ‘किङमेकर’ रहेका गौतमले अहिले एमालेमा ७० वर्षे उमेर हदका कारण आफुले चाहेर पनि कार्यकारी भूमिकामा बस्न सक्दैनन । एमालेको पार्टी विधानले नै उनको चाहनालाई बन्देज लगाईदिएको छ ।

एमालेबाटै अलग भएर माधव नेपाल, झलनाथ खनाल लगायतले बनाएको पार्टी नेकपा एकीकृत समाजवादीमा जाऔं, अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टीमा भित्राउनै अनिच्छा देखाईदिएका छन् । उनले एकीकृत समाजवादीमा सहअध्यक्ष दिए आउने बताएका थिए । तर उनलाई सहअध्यक्ष दिँदा झलनाथ खनालको वरियता विवाद निम्तन सक्थ्यो । त्यसमा पनि उनले कम्प्रमाइज गरेर तेस्रो वरियतामा राखे हुने सन्देश माधव नेपालकहाँ अनेक सूुत्रहरुको प्रयोग गरी नपुरयाएका होइनन ।

तैपनि माधव नेपालले उनलाई पार्टीमा भित्राउनतिर रुची नै देखाएनन । त्यसपछि भने उनका लागि नयाँ पार्टी गठन बाध्यता बन्न आईदियो । उमेर वुढो भएपनि उनको जोश सक्रिय राजनीतिबाट टाढिन चाहेन । तर आफुले लामो समय संगत गरेका केपी ओली र माधव नेपालको दुवै पार्टीमा उनका लागि खोजेजस्तो ठाँउ रहेन । त्यसपछि भने उनले आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका हुन् । गठन गर्दा उनले सवै कम्युनिष्टलाई संगठित गर्ने उदेश्य अगाडी सारेका छन् ।

गौतमले पार्टी घोषणामा आज पार्टी शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ भनी दावी गरेपनि उनी स्वयमलाई आफनो नेतृत्वको यो पार्टीको रथ हाँकिदैन भन्ने प्रष्टसँग थाहा छ । तर पनि बामपन्थी एकताको नारा रटान लगाएर त्यसै नाराभित्रबाट उनी अझै आफ्नो स्पेश ठूला कम्युनिष्ट पार्टीभित्र कतै न कतै खोजी गरिरहेका छन् । सोही कारण पनि उनले सानो समूह र परिवारका सदस्यलाई समेटेर पार्टी बनाएका छन् ।

तर उनको राजनीतिक इतिहास हेर्ने हो भने उनका अगाडी रवि लामिछाने साह्रै फुच्चे देखिन्छन् । राजनीतिमा ठक्कर÷हन्डर अनेक खाएर तीन पटक उपप्रधानसहित गृहमन्त्री र तीन पटक निर्वाचित सांसद र अहिले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य रहिरहेका गौतमको तुलनामा रवि केही पनि होइनन् ।

लामिछाने त भर्खरै बामे सर्न खोजेका मात्रै हुन् । उनलाई काठमाडौं महानगरकको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहले चुनाव जितेकोमा यही मौका हो हैं राजनीतिमा होमिने भन्ने भूुत सवार भएर होमिएका छन् । अमेरिका छोडेर नेपाल आएदेखि नै उनमा पनि राजनीतिको हुटहुटी निक्कै जाँगेको थियो । कुन बेला र कसरी राजनीतिभित्र छिर्ने र आफु केन्द्रमा देखिने भन्नेमा मात्रै उनको उपयुक्त मौकाको पर्खाई थियो । उनलाई त्यो समय अहिले बालेनले काठमाडौं महानगरको मेयर जितेपछि आएको जस्तै लागेको छ । सोही कारण उनी राजनीतिमा होमिएका छन् ।

बामदेव पटक– पटक टेष्टेड भईसकेका छन् । तर रवि जनताका वीचमा टेष्टेड छैनन । जति दाउपेज राजनीतिमा बामदेवलाई खेल्न आँउछ,त्यसको दाँजोमा पनि रवि बच्चानै मानिन्छन् ।

रवि लामिछानेले पार्टीका केही मक्सद राखेका छन् । ठूला भनिएका राजनीतिक दलका ब्यवहार, कार्यशैली र चिन्तनबाट आजित बनिरहेका जनतालाई आफुतिर आर्कर्षित गर्न उनले केही एजेण्डा फलोर गरेका छन् । जस्तोकी, पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने, प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने, पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने, पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार दिने, पार्टीको भ्रातृ संगठन नबनाउने , पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने जस्ता नारा उनको छ । यो नाराभित्र उनले कति जनतालाई आफुतिर तान्न सकछन् त्यो चुनाववाट मात्रै टेष्ट हुनेछ ।

यस अगाडी पनि ठूला दलका दिक्दारीबाट आजित जनताका वीचमा नयाँ बैकल्पिक शक्तिका रुपमा रविन्द्र मिश्रहरु देखा नपरेका होइनन । तर कालान्तरमा उनीहरु टिक्नै सकेनन । एकप्रकारले हेर्दा उनीहरु पूर्णतः असफल नै भईसकेका छन् । यस्तो बेला रविको पार्टी कति टिक्ला ? यो प्रश्न पनि सँगै उब्बिजएको छ ।

भलैं, उनको पार्टी घोषणा कार्यक्रममा राष्टिय सभागृहको भित्रीहलमा मानिसहरु नअटाएपछि सभागृहको प्राङ्गणमा पनि मानिस खचाखच थिए। तर वामदेव गौतमले भृकुटीमण्डपको एउटा क्लवको सानो हलमा पार्टी घोषणा गर्दा त्यही हल भरिने गरीपनि उत्साहजनक मासिनहरुको उपस्थिती थिएन ।

कुन दलमा कस्ता मान्छे ?
रवि र बामदेव दुवैले पार्टीका केन्द्रीय समितिलाई केही औपचारिकता दिएका छन् । वामदेवले पार्टी केन्द्रीय समितिमा रहने ७५ जनाको नाम घोषणा गरेपनि रविले आफनो केन्द्रयि समितिमा रहेने भनिएको २१ जनाकोे नाम अझै लुकाईरहेका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको क्रममै रहेकोले नाम सार्वजनिक नगरेको उनको जिकिर देखिन्छ ।

तर पनि उनले निर्वाचन आयोगमा दर्ता प्रक्रियामा वुझाएको केन्द्रीय समिति सदस्यहरुको सूची अनुसार,पार्टीको केन्द्रीय सभापतिमा आफैलाई (रवि लामिछाने) राखेका छन् । उनीपछिको वरीयतामा धादिङका डोलप्रसाद अर्याल छन्। तेस्रो नम्बरमा मोरङका मुकुल ढकाल छन्। उनलाई पार्टीको प्रवक्ता समेत बनाइएको छ।

केन्द्रीय समितिको सूचीको चौथो नम्बरमा डडेलधुराका दीपक बोहरा छन्।
यस्तै, केन्द्रीय समितिमा गोरखाका कवीन्द्र बुर्लाकोटी, काठमाडौंका गणेश पराजुली, नुवाकोटका रामकृष्ण भट्टराई, धादिङका उपेन्द्र पाण्डे, चितवनका महेश्वर घिमिरे तथा दाङका विपिनकुमार आचार्य, धादिङकी वसुमाया तामाङ, गोरखाकी एलिजा गुरुङ, काठमाडौंकी कुसुम महर्जन, दोलखाकी सोविता गौतम सुनसरीकी गीता रेग्मीको नाम समेटिएको छ ।

त्यस्तै, लमजुङका डा. प्रभात अधिकारी, मोरङकी रविना घिमिरे, नवलपरासीका इस्रा मुल्ला मियाँ, सिराहाका डा. राकेश यादव, धादिङका विष्णुकुमार श्रेष्ठ, भक्तपुरकी प्रमिला कुलुजूको नाम पनि केन्द्रीय समितिमा छ। किरण केसी लगायतका केही कलाकारहरुले पनि उनलाई साथ रहेको बताइएको छ । रविको यो टिममा पनि राजनीतिका अनुभवी खेलाडी छैनन ।

बामदेवको पार्टी केन्द्रीय समितिमा भने एमालेबाट अहिले पनि सांसद रहेकी आफ्नै पत्नी तुल्सी थापा, छोरा हरिषदेव गौतम, स्वकिय सचिव टीपक टमटा लगायतलाई समेटिएको छ । गौतमले ७५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् । गौतम गृहमन्त्री भएका बेला प्रहरीमा जागिर लगाइने आश्वासनमा घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ गरेका डीबी कार्कीलाई उनले सचिवको जिम्मेवारी दिएका छन् ।

कार्कीलाई विशेष अदालतले भ्रष्टाचार अभियोगमा ६ महिना जेल र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । दुई जना पदाधिकारी बनाएर गौतमले आाफुलाई र कार्कीलाई राखेका छन् । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।


तर भरपर्दाै शक्ति र नेता गौतमसँग पनि छैन । मात्र गौतम नेकपा कालमा उनी आफैले बनाएको अस्थी र राजनीतिका कारण पनि नेकपा विभाजनको एउटा प्रमुख कारण हो भन्ने बुझेर पनि त्यसलाई स्वीकार नगरी आफु एकताकोा पषमा रहेको देखाउन एकता अभियानको सार्वजनिक खपत गरिरहेका छन् ।

यस्तो अवस्थामा रवि लामिछानेको पार्टी र बामदेवको पार्टी मध्येको बलियो बन्ला या कसको भविश्य देखिएला ? यो कोणवाट राजनीतिक बृतमा छलफल भने पक्कै शुरु भएको छ ।


के होला भविश्य ?

नयाा पार्टी गठन हुने , केही समय चम्किन खोज्ने र फेरि विलिन हुने क्रम नेपालको राजनिितमा देखा परिरहेको छ । खासगरी कांग्रेस र कम्युनिष्ट नै नेपालको मूलप्रवाहको भरपर्दाे शक्ति बनेर लामो समय देखि देखा परिरहेको छ । यो अवस्थामा गोतम र लामिछानेको पार्टी टिक्लान् ?

राजनीतिक विश्लेषणकहरु टिक्न धेरै गाह्रो पर्ने बताउँछन् । दुवैसँग अहिले रहेको जुन खालको टिम छ, त्यस टिमले सहजतापूर्वक पार्टीका रुपमा दुवै पार्टीलाई लैजान नसक्नने विश्लेषकहरु बताउँछन् ।
‘उहाँहरु (बामदेव र रवि) का आ आफ्नै विशेषता छन् । रविले अलग वैकल्पिक पार्टीको कुरा गरेका छन् । वामदेवले कम्युनिष्ट एकताका लागि अभियान चलाउने पार्टी भनेका छन् । वैकल्पिकको हविगत पनि नेपालमा देखिएको छ । एकताको अभियानको पनि उस्तै छ । त्यसकारण उहाँहरुरले घोषणा गरेको पार्टीले चुनावमा बहुमत ल्याउनेभन्दा पनि आफुहरुलाई कँही कतैबाट केन्द्रमा राख्ने र आफु जित्न खोज्ने भन्ने प्रयत्न मात्रै हो जस्तो देखिन्छ,’ एक विश्लेषक भन्छन्, ‘उहाँहरुसग जुन खालको टिम छ, त्यस टिमले सहजतापूर्वक पार्टी सञ्चालन गर्न सक्ने र टिकाउर लैजान सक्ने देखिँदैन ।’

दुवै नेतासँग अहिले सैद्धान्तिक प्रतिबद्धता पनि नदेखिएको र अमूर्त कुरा मात्र लिएर राजनीतिक पार्टी घोषणा गरेर आएको जस्तो मात्रै देखिएको विश्लेषण राजनीतिक बजारमा देखिएको छ ।
०००

प्रतिक्रिया