आइतबार, जेठ ६, २०८१

अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखियो

मेरोन्यूज २०७९ असार १५ गते १३:१९


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखिएको छ । उनलाई मुटुको चालमा समस्या देखिएपछि मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

बुधबार उनको मुटुमा पेसमेकर राखिएको हो ।

केसीका स्वकीय सचिव निराजन थापाले भने –‘मुटुमा समस्या देखिएपछि उहाँ (अर्जुननरसिंह) लाई अस्पताल भर्ना गरिएको थियो, अपरेशन गरेर पेसमेकर राखिएको हो । उहाँको स्वास्थ्य सुधारउन्मुख रहेको चिकित्सकहरूले जानकारी दिनुभएको छ ।’

प्रतिक्रिया