शनिबार, वैशाख १५, २०८१

खानाको एलर्जी भएका मानिसलाई कोभिड-१९ संक्रमणको जोखिम न्यून: अध्ययन

मेरोन्यूज २०७९ असार १५ गते १०:०८

न्युयोर्क । खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड-१९ निम्त्याउने सार्स-कोभ-२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।
जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स-कोभ-२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् ।

‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेशनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन् ।

दम भएका मानिसलाई पनि भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ । यसअघि गरिएको अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएको थियो ।

प्रतिक्रिया