बिहीबार, वैशाख १३, २०८१

आज यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा,सर्तक रहन महाशाखाको आग्रह

मेरोन्यूज २०७९ असार १५ गते ७:५८

काठमाडौं । देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाका अनुसार बारा, रौतहट, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली ,कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भईरहेको बताएको छ । यी जिल्लामा थप वर्षा हुने भएकाले बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया