शुक्रबार, चैत १६, २०८०

विप्लव छोडेका ओमप्रकाश पुन सहितका नेता भोलि माओवादी प्रवेश गदैं

मेरोन्यूज २०७९ असार १४ गते २१:०५

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता बुधवार नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् ।

नेता पुनसँगै विप्लवको पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

त्यसवीचमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गरेका थिए । उनीहरु भोलि बिहान ९ बजे नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया