बिहीबार, चैत १५, २०८०

बुढीगंगामा पुनः मतदान रोकेको मागमा सर्वोच्चद्वारा अस्वीकार

मेरोन्यूज २०७९ असार १४ गते १८:५०

काठमाडौँ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुढीगंगाका दलबहादुर साउदले यसअघि मतदान भएको मतपेटिकाबाट मत गणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

सोहीविरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले पुनः मतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

Advertisement

प्रतिक्रिया