शुक्रबार, चैत १६, २०८०

इसेवाबाट मनकामना केबलकारको टिकट काटेर हिराको हार जित्ने मौका

मेरोन्यूज २०७९ असार १४ गते १८:४६

काठमाडौँ । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ ।

साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा बिजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेता गोलाप्रथामार्फत चयन गरिने छ । यस योजनामा इसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुने छन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित) भएको हुनु पर्ने छ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्न इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

प्रतिक्रिया