बिहीबार, वैशाख १३, २०८१

बामदेव गौतमले पनि पार्टी घोषणा गर्ने (केन्द्रीय समितिको सूचीसहित)

६ साना समुहलाई मिलाएर नेकपा (एकता राष्ट्रिय अभियान) नामको पार्टी घोषणा गर्ने तयारी

शितल शर्मा २०७९ असार १४ गते १०:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् ।

केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

बामदेवको घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुनेछ । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिको नाम पनि आजको कार्यक्रमबाटै घोषणा गरिनेछ । ७७ वटै जिल्लाका अध्यक्षलाई केन्द्रीय समितिमा पदेन सदस्यका रुपमा सहभागी गराइनेछ । पार्टी विस्तारका क्रममा केन्द्रीय समिति थप विस्तार हुने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडी दर्ता भइसकेका तीन वटा पार्टीहरु समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा राष्ट्रवादी पार्टी सम्मिलित हुनेछन् ।


त्यसैगरी आम नेपाली पार्टी र स्वतन्त्र बामपन्थी समुह पनि सहभागी हुने गरी पार्टीको घोषणा गर्न लागिएको पाण्डेले बताए । यसले केन्द्रीय समिति, सल्लाहकार समिति, सचिवालय र अन्य वामपन्थी पार्टीहरुसग वार्ता र सम्वादका लागि वार्ता समिति पनि आजै घोषणा गर्नेछ ।

बामदेवको पार्टीमा श्रीमती, छोरा र स्वकिय सचिव सम्म सवै रहनेछन् । वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम नै रहने भएका छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहनेछन् ।

को-को हुन्छन् केन्द्रीय समितिमा ? सूचीसहित

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया