शुक्रबार, वैशाख ७, २०८१

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैैमा

मेरोन्यूज २०७९ असार १३ गते १६:२९

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

बहस नसकिएको भन्दै आज पनि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ आगामी १९ गते हुने भएको छ ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै मुद्दा दायर गरेका थिए । उक्त रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रोपटक हो । यसअघि जेठ ३० र असार ५ गते मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया