शुक्रबार, वैशाख १४, २०८१

थप ४१ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित बढ्यो

मेरोन्यूज २०७९ असार १३ गते १६:१८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र एक हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया