शनिबार, वैशाख ८, २०८१

केही मान्छेको मागमा राजीनामा दिन्न : जनार्दन शर्मा

मेरोन्यूज २०७९ असार १३ गते १५:०९

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभाको छलफलमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले राजीनामा नदिने बताएका हुन् ।

‘केही मान्छेलाई बजेट अनैतिक लागेर मेरो राजीनामा माग गरे, तर मैले राजीनामा दिनु पर्दैन,’ उनले भने, ‘मेरो निर्णयमा म जवाफदेही छु, बजेट जनता र देशको पक्षमा ल्याएकाले केहीलाई अनैतिक लागेको हो ।’

करको दर रेट घटाउने र बढाउने कुराको विरोध गर्नुको औचित्य नभएको उनको भनाइ थियो । उनले करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको दाबी गरे ।

बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने दाबी गर्दै उनले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकारेको बताए ।

प्रतिक्रिया