शुक्रबार, वैशाख १४, २०८१

आईजीपी नियुक्ति विवादमा सुनुवाइ सुरु, सर्वोच्चले कस्तो देला आदेश ?

मेरोन्यूज २०७९ असार १३ गते १३:१८

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् ।

यसअघि, गत ५ गते विश्वराज पोखरेल पक्षको बहस गरेका थिए । आज, आईजीपी धीरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका छन् । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा पाँचौँपटक सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो ।

आईजीपी नियुक्ति विवाद र एआईजी बढुवाविरुद्ध पूर्वडीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट लगाउमा राखेर सुनुवाइ भइरहेको छ । सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी पोखरेलले प्रहरी नियमावली मिचेर सरकारले आईजीपी नियुक्ति गरेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया