बिहीबार, वैशाख १३, २०८१

लोकगायिका हत्या प्रकण दिलमायाका बुबाले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी

मेरोन्यूज २०७९ असार १३ गते ८:५५

काठमाडौं । लोकगायिका दिलमाया सुनारका परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। आइतबार साँझ दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।
गायिका दिलमायाको शनिबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यो राति सँगै रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ। सिन्धुपाल्चोकको साँगाचोकगढीका श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगन्जस्थित झाडीमा फेला परेको छ। मोबाइल भने अझै भेटिएको छैन।
श्रेष्ठले आफुले हत्या नगरेको बताएपनि गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। दिलमायाको पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले पोष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने
बताए।

प्रतिक्रिया