शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंस्थित अमेरिकी राजदूत रेन्डी बेरी जाँदै, नामिबियाको राजदूतमा नियुक्त 

मेरोन्यूज २०७९ असार १३ गते ७:३०

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । उनी नामिबियाका लागि  अमेरिकी राजदूत नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई नामिबियाको राजदूत नियुक्त गरेका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालयका अनुसार नामिबिया राजदूतमा बेरी र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त भएका छन् । ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन ।

प्रतिक्रिया