बिहीबार, चैत १५, २०८०

चीनले २९ लडाकु विमान ताइवानको वायुरक्षा क्षेत्रमा पठायो

मेरोन्यूज २०७९ असार १२ गते २१:२३

काठमाडौँ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानमध्ये १७ वटा लडाकु विमान, ६ बम वर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिण पश्चिम क्षेत्रबाट मंगलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उदृधत गर्दै जनाएको छ ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी ८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो । ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ । अमेरिकाले यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया