सोमबार, वैशाख २४, २०८१

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

मेरोन्यूज २०७९ असार १२ गते २१:०३

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोन सेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ । भरतपुर ८ घर भएका विक भरतपुर ५ मा डेरा गरी बस्थे ।

उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुई वटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया