शनिबार, वैशाख १५, २०८१

नेप्से परिसूचकमा उछाल, झण्डै सय अंकले बढ्यो

मेरोन्यूज २०७९ असार १२ गते १५:३३

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा भारी वृद्धि भएको छ । लगानीकर्ताको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजी बजारमा सुधार आएको हो ।

आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

उक्त रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिद बिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया