शनिबार, वैशाख ८, २०८१

एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असार १२ गते १४:३५

मोरङ । बुढीगंगा गाउँपालिका ४ स्थित सडकमा को १ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका ४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

बाटो क्रस गर्दै गरेको अवस्थामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया