शुक्रबार, वैशाख ७, २०८१

नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाए

मेरोन्यूज २०७९ असार १२ गते १३:४६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् । आईतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताए ।

सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताए ।
। उनले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाइरहेको बताए।

उनले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको
बताए । उनले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गरे ।
उनलेभने,‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं , डेलिकेशनहरु म भए ठाँउमा आएका छन् । अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर
ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन् । अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ । भनेर मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरेको छु ।’

सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक
आफ्नो कुनै स्वार्थ नभएको बताए । उनले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताए । उनले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताए।

उनका अनुसार हामी ३ करोड जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति जीवन्त र जनमुखी बनाउन सक्छौं । अहिले हामीले एउटा सूत्र वाक्य बनाएका छौं ।
उनलेभने,‘अहिले इमान र निष्ठाको कुरा गर्दा अहिले दुनियाँमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भएको छैन । पूरै विश्व अहिले व्यापारमा केन्द्रित भएको छ ।’

प्रतिक्रिया