बिहीबार, वैशाख १३, २०८१

गृहमन्त्री खाण भन्छन्- लागु पदार्थको दुव्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो

मेरोन्यूज २०७९ असार १२ गते १२:३७

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुव्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकरको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागु पदार्थको दुव्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका हुन् ।
‘लागु पदार्थको दुव्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको छ,’उनले भने ।
युवा पुस्तालाई दुव्यसनीबाट बचाउनु सरकार र समाज सबैको दायित्व भएको उनले धारणा राखे।
युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपस्तकमा लागु औषध दुव्र्यसनका असरबारेका विषयबस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन, र दुव्यसनीमा फसेका युवाहरुलाई सुधार्न विषेश अभियान थाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘नेपालमा लागूपदार्थ चुनौतीको रुपमा आइरहेको छ । लागूपदार्थ दुव्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । बढी असर युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो,’ उनलेभने । ‘सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ ।’

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागु औषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया