शुक्रबार, चैत १६, २०८०

यस्तो छ आजको तरकारी तथा फलफूल भाउ

मेरोन्यूज २०७९ असार १२ गते १०:५५

काठमाडौं । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ ।

यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ छ ।

घिउसिमी ६० रुपैयाँ, तने बोडी ४० रुपैयाँ भन्टा २० रुपैयाँ छ । कालीमाटी बजारले दिएको थोक मूल्य विवरणअनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रुपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ ।

तर, ब्रोकाउली, च्याउ, गुन्द्रकु पुदिना कुरिलो प्याज, कागती गान्टेमुला पार्सले सेलरी जिरीको साग भने सय रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।

Advertisement

प्रतिक्रिया