शनिबार, वैशाख ८, २०८१

पोखरामा सडकसहित एक घर भासियो

मेरोन्यूज २०७९ असार १२ गते १०:१७

पोखरा । केही दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बाटो करिब १५ मिटर भासिएको हो । वडाध्यक्ष देवीकृष्ण पराजुलीले सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको बताए ।
उनलेभने,‘घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर छ । ’

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।

प्रतिक्रिया