बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य

मेरोन्यूज २०७९ असार १२ गते ९:५५

काठमाडौं । धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।
दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौँमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे। संस्थाले नेपालमा मधुमेहका बिरामीहरूको उपचारमा केन्द्रित अस्पताल स्थापनाका लागि आफूले पहल गर्ने उनले घोषणा गरे। फाउण्डेशन, युएसकी उपाध्यक्ष डा सबिना मास्केले आफ्नो मुुलुक र समाजप्रतिको दायित्व सम्झेर फाउण्डेशन क्रियाशील भएको बताए ।

फाउण्डेशन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले संस्थाले यसै वर्षदेखि हरेक साल मधुमेह र आँखासम्बन्धी स्वास्थ शिविर, निःशुल्क उपाचार तथा जनचेतना कार्यक्रम गर्ने जानकारी गराए।

दृष्टिविहीन तथा अभिभावकविहीन बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने पनि उनले बताए। फाउण्डेशनका परियोजना प्रमुख सरला श्रेष्ठले नेपालमा सामाजिक कार्यहरू गर्दा आइपर्ने चुनौतीबारे जानकारी दिएभने सचिव नुज्जु अवालेले फाउण्डेशनका लक्ष्य र उद्देश्य अवगत गराएका थिए। रासस

प्रतिक्रिया