शुक्रबार, चैत १६, २०८०

विश्व र्कीतिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

मेरोन्यूज २०७९ असार १२ गते ९:२२


ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे अध्यक्ष प्रचण्डले जानकारी लिएका छ ।
आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङकोे स्वास्थ्य स्थितिबारे अध्यक्षले जानकारी लिएका हुन् ।
सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा रहेका छन् ।
तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिएका हुन् ।
अध्यक्षले तामाङले विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरे। तामाङले देशका लागि योगदानको उच्च प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए ।

प्रतिक्रिया