शनिबार, वैशाख ८, २०८१

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

मेरोन्यूज २०७९ असार ११ गते १९:५०

काठमाडौं । चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ । 

शनीबार काठमाडौंमा  सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् । 

मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरिएताका विवेक थीङ स्वतः छनोट भइसकेका छन् ।

यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए । 

कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन् ।

प्रतिक्रिया