सोमबार, वैशाख २४, २०८१

हत्या आरोपमा बालकसहित १२ जना पक्राउ

मेरोन्यूज २०७९ असार ११ गते १०:१६

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ । नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुर सिमरा उपमहानगर ६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगर ६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन ।

यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुर सिमरा २ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुर सिमरा ३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुर सिमरा ६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुर सिमरा ३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।

प्रतिक्रिया