बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण बढ्न थाल्यो, आज ४३ जनामा पुष्टि

मेरोन्यूज २०७९ असार १० गते १७:१०

काठमाडौँ । देशमा पुनः कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कसैको मृत्यु भएको छैन । कूल एक हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र एक हजार ७०३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।

आज थप १४ जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणमध्ये १ जना विरामी भेन्टिलेटरमा उपचाररत भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया