सोमबार, वैशाख २४, २०८१

पार्टी बैठकमा किन अनुपस्थित भइन् रामकुमारी झाँक्री ?

मेरोन्यूज २०७९ असार १० गते १३:२७


काठमाडौँ । सत्ता गठबन्धनमा रहेको एउटा दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरु भएको छ । गत जेठ २२ गते निर्णय भएको र अहिलेसम्म कार्यान्वयन हुन नसकेको मन्त्री परिवर्तनको निर्णयले नेकपा एकीकृतभित्र तीव्र विवाद निम्ताईरहेका बेला उक्त पार्टीको आज पोलिटब्यूरो, भोलि केन्द्रीय समिति र त्यसपछि केन्द्रीय परिषद्को बैठक चल्नेछ ।

Advertisement

चार दिन लगातार बैठक बसेर संगठनात्मक योजना देखि पार्टी निर्णयको कार्यान्वयन सम्मका विषयमा नेकपा एकीकृत समाजवादीले ठोस निर्णय लिने बताईएको छ । पार्टी बैठक पार्टी मुख्यालय आलोकनगर तिनुकनेमा शुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य अजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको विषयमा भइरहेको विवादको विषयमा पनि छलफल हुने बताइएको बैठकमा प्रभावशाली नेतृ समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँकी भने सहभागी छैनन ।

उनीसहित अन्य ४ मन्त्री र थप ६ सांसदले पार्टीले मन्त्री फेर्न गरेको निर्णयमा गम्भिर असहमति जनाउँदै हिजो मात्रै अध्यक्ष माधव नेपाललाई ८ बुँदे ध्यानाकषर्णपत्र वुझाएका थिए । उनीहरुले तमाम विषयमा छलफलको लागि तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् । यस्तो बेला मन्त्री झाँकी भने बैठकमा सहभागी नभएकी हुन् ।

साढे ११ बजे पार्टी कार्यालयमा भएको बैठकमा मन्त्रीहरू खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेको बैठकमा सहभागी एकीकृत समाजवादीका एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।

झाँक्रीको सचिवालयले भने यस विषयमा केही वताउन चाहेन । झाँकीले विहिवार मात्रै पनि महिलावादी पार्टीको परिकल्पना गदै सामाजिक सन्जालमार्फत आफनो धारणा अगाडी सारेकी थिइन् ।

बिहीबारको समाजवादी सचिवालय बैठकले पनि मन्त्री फिर्ताको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेको सन्दर्भमा झाँक्रीले अलग्गै महिलावादी पार्टीको परिकल्पना गरेकी हुन्। झाँक्रीले फिलिपिन्सकोुद ग्याब्रिएला वुमेन्स पार्टी को उदाहरण दिएर नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छन्।

‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्,’ उनले अंग्रेजी भाषा प्रयोग गर्दै भनेकी छन्।

उनले उक्त ट्विटमा द ग्याब्रिएला वुमन्स पार्टी को सटीक व्याख्या पनि गरेकी छन्।

झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छन्।

उनको यस्तो अभिब्यक्तिको पार्टीकै विधार्थी संगठनका नेताहरुले भने चर्काे आलोचना गरिरहेका छन् । ४ मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन गरेको माग, झाँकीको अलग्गै पार्टी गठनको अवधारणा सार्वजनिक र बैठकमा समेत उनको अनुपस्थितीलाई अनेक कोणबाट विश्लेषण शुरु भएको छ ।

प्रतिक्रिया