सोमबार, वैशाख २४, २०८१

कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : माधव नेपाल

मेरोन्यूज २०७९ असार १० गते १३:०३


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीले विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । पार्टीभित्र मन्त्री फेर्ने निर्णयले निक्कै तनाव झेलीरहेका अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकलाई सम्वोधन गदै कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्त्व दिने बताएका हुन् ।

Advertisement

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले विदेशीसामु लम्पासर र घुँडा नटेक्ने बताए । ‘कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन, विदेशीसामु घुँडा टेक्दैन । विदेशीको स्वार्थमा चल्दैन । कम्युनिस्टले देशभक्तिलाई महत्त्व दिन्छ । देशको हित र रक्षाका लागि लड्छ ,’ अध्यक्ष नेपालले भने ।

उनले कम्युनिस्ट पार्टी आफ्नो देशको हित र रक्षाका लागि लड्ने पनि बताए । अध्यक्ष नेपालले नीति तय गर्दा परिस्थितिको सही विश्लेषण भए सही निर्णय हुने पनि बताए ।

‘नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्नुपर्छ । परिस्थितिको सही विश्लेषण गर्न सक्यौं भने हामीले सही निर्णय लिन सक्छौँ,’ उनले भने , – ‘त्यसैले पनि कम्युनिष्टहरुले ठोस परिस्थितीको ठोस विश्लेषण गर्नुपर्ने हुन्छ ।’

उनले पार्टी बलियो भएर सबैखाले चुनौतीको सामना गर्न सकिने बताए । ‘पार्टी बलियो छ र सही नीतिमा अघि बढेको छ भने सबैखाले चुनौती समना गर्न सक्छौँ,’ नेपालले भने ।

प्रतिक्रिया