शुक्रबार, चैत १६, २०८०

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाट बाहिरियो

मेरोन्यूज २०७९ असार १० गते ११:५३

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै वर्षाले रोकिएको थियो। जसका कारण समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ । यसअघि अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।
उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई म्याच बल दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन।
युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो।अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछ । 

प्रतिक्रिया