बिहीबार, चैत १५, २०८०

आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालवीच सेवा सम्झौता

मेरोन्यूज २०७९ असार ९ गते १७:३६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु हस्पिटल वीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र चिरायुका तर्फबाट अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमा सम्म Chirayu National Hospital and Medical Institute Pvt. Ltd. बाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Chirayu National Hospital and Medical Institute Pvt. Ltd. ले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको जनाएको छ ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने पनि जनाइएको छ ।

Advertisement

प्रतिक्रिया