बुधबार, वैशाख १२, २०८१

मूल्यवृद्धिविरुद्ध एमालेले जनसंगठनलाई आन्दोलनमा उतार्ने

मेरोन्यूज २०७९ असार ९ गते १५:४५


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मूल्यवृद्धिविरुद्ध आफना जनसंगठनहरुलाई सामुहिक रुपमा नै आन्दोलनमा उतार्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज जनवगीृय संगठनका अध्यक्षहरुलाई छलफलमा बोलाउँदैं एमालेले मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सडकमा उतार्ने निर्णय गरेको हो ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरलजानकारी दिइन् ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया