शनिबार, वैशाख १५, २०८१

यसरी लगाए बालबालिकाले कोरोनाविरुद्धको खोप (फोटोफिचर)

मेरोन्यूज २०७९ असार ९ गते १४:२६

काठमाडौं । सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकाmलाई विद्यालयमै खोप लगाउन शुरु गरिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।


खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक लालले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।

‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनले भने, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’

काठमाडौंका विभिन्न विद्यालयमै पुगेर स्वास्थ्यकर्मीहरूले बालबालिकालाई खोप लगाईदिएका छन् ।

हेर्नुहोस तस्विर

प्रतिक्रिया