शुक्रबार, चैत १६, २०८०

बारामा पाँच वर्षीया बालिका बलात्कृत 

मेरोन्यूज २०७९ असार ९ गते १३:१८
सांकेतिक तस्बिर

सिमरा । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Advertisement

प्रतिक्रिया