शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता गर्ने एन्फाको निर्णय

मेरोन्यूज २०७९ असार ८ गते २१:२४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको कार्यसमितिका सदस्य अनिल मल्लले जानकारी दिए ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

एन्फा कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया