बिहीबार, चैत १५, २०८०

प्रचण्ड निवास धाउने एकीकृत समाजवादीका मन्त्री माधव निवासमा !

मेरोन्यूज २०७९ असार ८ गते २०:५०

काठमाडौं । सत्ता गठबन्धन दलको एउटा घटक नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते सचिवालय बैठकबाट एउटा निर्णय गर्‍यो पार्टीका मन्त्री फेर्ने । त्यही दिन पार्टीका उपमहासचिव विजय पौडेललाई प्रधानमन्त्री निवास बालुवाटार पठाएर नयाँ बन्ने मन्त्रीहरुको सूची पनि बुझाउन लगाए । तर नेकपा एकीकृत समाजवादीले गरेको यो निर्णय १८ दिन पुग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

पार्टीका नेताहरुलाई आलोपालो मन्त्री बनाउने सहमति अनुसार मन्त्री फेर्ने निर्णय गरिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देखि सम्मानित नेता झलनाथ खनालसम्मको धारणा बाहिर सार्वजनिक भईरहेका छन् । नेताहरुले बारम्बार मन्त्री फेर्ने पार्टी निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब वढाईरहेका छन् ।

तर प्रधानमन्त्रीले त्यसलाई अझै कार्यान्वयन गराएका छैनन । तर एकीकृत समाजवादीका मन्त्रीहरु भने आफनो थमौतीका लागि पार्टी अध्यक्ष माधव नेपालसँगको सम्वादमा भन्दा प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बढी दैडादौड गरिरहेका थिए ।

वुधबार मात्रै पनि एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री फेर्ने पार्टी निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई दबाब दिने निश्कर्ष निकालेको समाचार सार्वजनिक भएको थियो । पार्टीको पोलिटब्यूरो, केन्द्रीय समिति देखि केन्द्य्रीय परिषद्को बैठक सम्म बोलाएको पूर्वसन्ध्यामा एकीकृत समाजवादीको आज सचिवालय बैठक बसेको थियो । जेठ २२ गते नै एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेलगत्तै सोही दिन एकीकृतमा मन्त्रीहरु राती माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास पुगेका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्री निवास पुगेर उनीहरुले अहिले मन्त्री फेर्दा बजेट र गठबन्धनमै संकट आईलाग्न सक्ने चेतावनी दिएपछि प्रधानमन्त्री हच्किएका थिए ।

त्यसपछि अहिलेसम्म प्रधानमन्त्रीले एकीकृत समाजवादीको मन्त्री फेरेका छैनन । मन्त्री फेर्दा एकीकृत समाजवादीका अहिले मन्त्री रहेका प्रेम आले निस्कृय बसेर अन्तत कांग्रेसमा जाने र किसन श्रेष्ठ एमालेमै फर्किने चर्चा पनि चलेको बेला सरकार फेरवदल अनिश्चित वनिरहेको थियो । एकीकृत समाजवादीका मन्त्रीहरुले यो वीचमा प्रचण्डसँग ४ पटक भेटवार्ता गरिसकेका छ्न । एउटै गाडीमा प्रचण्ड निवास खुमलटार पुगेर एकीकृत समाजवादीका मन्त्रीहरुले पटक पटक आफुहरुको थमौतीका लागि प्रचण्डलाई अगाडी सार्ने प्रयास गरिरहेका छन् ।

Advertisement

तर आफ्नै पार्टीका अध्यक्ष माधव नेपालसँग भने उनीहरुको सामुहिक भेटवार्ता र छलफल हुन सकिरहेको थिएन । वुधबार वेलुकी भने नेपाल निवासमा यी मन्त्रीहरु सामुहिक रुपमा नै पुगेर छलफल गरेका छन् । नेपालको सचिवालय स्रोतले मेरोन्यूजलाई दिएको जानकारी अनुसार, पार्टीका मन्त्रीहरु अध्यक्ष नेपालसँग संवादका लागि कोटेश्वर निवासमा आएका हुन् । उनीहरुले साँझ ८ वजेसम्म नेपालसँग संवाद गरेर वाहिरिएका छन् ।

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।

प्रतिक्रिया