शनिबार, वैशाख ८, २०८१

युक्रेनी सहर खेर्सनमा रुसी टेलिभिजन प्रसारण

मेरोन्यूज २०७९ असार ८ गते १४:४९

किभ । युक्रेनको दक्षिणी खेर्सन क्षेत्रमा रुसी टेलिभिजन प्रसारण भइरहेको रुसी सेनाले जनाएको छ । उक्त सहरमा यसअघि रुसी पासपोर्ट र रुसी मुद्रा रुबलको प्रयोग भएको थियो ।

रूसी सशस्त्र सेनाले रुसी टेलिभिजन च्यानलहरू निःशुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरमध्ये अन्तिमलाई पुनः व्यवस्था गरेको  कन्फिगर गरेको रुसी सेनाले जनाएको छ ।

सन् २०१४ मा रुसले बिलय गराएको क्रिमिया प्रायद्धीपसँगको सीमा रहेको खेर्सन क्षेत्रलाई फेब्रवरीको अन्त्यतिर क्रेमलिनको आक्रमक कारबाहीपछि रुसी सेनाले कब्जा गरेको थियो ।

मंगलबार, यस क्षेत्रका मस्को समर्थित एक अधिकारीले उक्त क्षेत्र वर्षको अन्त्यतिर रुसमा मिसिन सक्ने बताए ।

दक्षिण युक्रेनको उक्त सहरमा रुसले हमला गर्नुअघि ३ लाख मानिस वसोबास गर्थे । रुसी नियन्त्रणमा पुगेपछि सहर अहिले बाहिरी संसारबाट सम्पर्कबिच्छेद छ । त्यहाँका वासिन्दालाई रुसी सेनाले विभिन्न जाँच बिन्दुमा निरन्तर जाँच गर्छन् ।

प्रतिक्रिया