शुक्रबार, वैशाख ७, २०८१

मधेश प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका घुमुवाको रजाई !

मेरोन्यूज २०७९ असार ७ गते ६:००


काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका कर्मचारीले मधेश प्रदेशको सीमालाई आफ्नो नीजि कमाइ खाने स्थानको रुपमा प्रयोग गरिरहेका छन् । सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले आफ्ना घुमुवा परिचालन गरेको र तिनै घुमुका आडमा मधेश प्रदेशका सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नीजि कमाइ खाने स्थानको रुपमा प्रयोग गरेका हुन् ।


मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीका एक अधिकारीका अनुसार तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका बिओपी , गण देखी बाहिनी सम्मका उच्च अधिकारीहरुकै मिलोमतोमा इनर्वा भन्सार ,इनर्वा गाउँ र छपकैया नाकाबाट करोडौंको तस्करी भइरहेको छ ।


स्रोतका अनुसार तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा , हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स,खाद्यान्न,किराना आईटम, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ , रजनीगन्धा, स्पेयर पार्टस् र माछा लगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा , टेम्पु ,मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौ करोडौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्रयाईरहेका छन ।


सीमानाकामा रहेको वीरगंज भन्सार बिओपी इन्चार्ज र शिक्षा अफिस बिओपीका इन्चार्ज अगम राइले राजस्व छली गराइ बिओपी ,गणका गणपति तेज पोखरेल र मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरको नाममा समेत लाखौं लाख रकम अशुल्ने गरेका छन् । इनर्वा गाउँ नाकाबाट अनिल भन्ने एक समुहले मोटरसाइकल र साइकलको माध्यमले कपडाको तस्करी गरिरहेका छन भने भारतको रक्सौलबाट दिनहु लाखौँ मूल्य बराबरको अवैधमा रूपमा निरु भाइ भनिने निरज साह समूहको माछा तस्करी गरि नेपाल ल्याउने गरेका छन् ।

निरज साहले भारतबाट तस्करी गरी ल्याएको माछा वीरगंजको मिना बजार, बिर्ता बजारमा बिक्री वितरण गर्ने गरेका छन् । इनार्वा नाकाबाट रक्सौलतर्फ छपकैयाका इम्रान र तमाना मियाँको कबाड तस्करी भइरहेको छ । इम्रान मियाँले कबाडभित्र विभिन्न जनावरहरूको हड्डी लगायतको सामान तस्करी मार्फत भारतको रक्सौलमा पठाउने गरेका छन् । तमाना र ईमरानले ठुलो मात्रमा कबाडको तस्करी गर्दै आएका छन ।

इनर्वागाउँ नाकाबाट बिकी साह, आकाश वर्णवाल, बिशाल जयसवाल, शिव कलवार, रबि शर्मा, मुनीलाल अप्सरा, जयलाल यादव, शेखावत ईनर्वागाउँ, शत्रुधन यादव, मालती देवी, अम्बेवा, रेखा देवी, चान्दा देवी, ललिता, चन्द्रिका, दुलारी, रुबि खातुन, झुन झुन, लगायतका तस्करहरुले तस्करी गर्न लाइन पाएका छन् । सशस्त्र प्रहरी स्रोतले जानकारी दिए अनुसार छपाकैयाबाट कपडा तस्करी गर्न लाइन पाउनेहरुमा विवेक, रन्जित ,सुकेस, हरेन्द्र पटेल छन ।

यस्तै छपकैया नाकाबाट पशुपति यादवले काजु किसमिस जस्ता समानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्स, स्पेयर पार्टसको तस्करी गरिरहेका छन । यस्तै तस्करीको लाइन अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया , कुबेर जटाधारी, बवन ठाकुर लगायतका तस्करहरुले पाएका छन् । १३ नः गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसमेतको मिलमतो रहेको स्रोतको दाबी छ । पोखरेल रुपन्देहीमा बस्दा पनि विवादित बनेका थिए । उनलाई त्यहाँबाट समय नपुगी सरुवा गरिएको थियो ।

प्रतिक्रिया