शुक्रबार, वैशाख १४, २०८१

प्रचण्डकी नातिनी सिधै अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य

मेरोन्यूज २०७९ असार ६ गते २१:२५

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् ।

अखिल क्रान्तिकारीमा संगठित नभएकी दाहाललाई सिधै केन्द्रीय सदस्य मनोनीत गरेको विषयमा अखिल क्रान्तिकारीमा विवाद भएको छ । फ्याक्सन इञ्चार्ज हितमान शाक्य र अध्यक्ष सिंहको जोडबलमा दाहाललाई मनोनयन गरिएका एक केन्द्रीय सदस्यले जानकरी दिए ।

ती सदस्यका अनुसार दाहाल प्रचण्डकी छोरी ज्ञानु केसीकी छोरी हुन् । लामो समय संगठनमा काम गरेकालाई पाखा लगाएर प्रचण्डको नातिनी भएकै कारण मनोनीत गर्नु गलत हुने पनि क्रान्तिकारीका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया