शुक्रबार, चैत १६, २०८०

जापानमा दुई जना नेपालीको मृत्यु

मेरोन्यूज २०७९ असार ६ गते ७:१७

काठमाडौँ । जापानमा दुई नेपालीको मृत्यु भएको छ । खोलाले बगाएर २ जना नेपालीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्‍यु भएको हो । खोलामा खेल्न गएका १३ र १४ वर्षका बालक नफर्केको भन्दै उद्धार टोली खटिएको थियो र

करिब ४० मिनेटपछि उद्दार गरी अस्पताल पुर्‍याइएका ती बालकहरूको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया