बिहीबार, चैत १५, २०८०

भ्रष्टचारको आरोप लागेका क्षेत्रीलाई राष्ट्रघातको गम्भीर पासो

कोर्टमार्सल जोगाउने सेनाको अभिव्यक्ति

मेरोन्यूज २०७९ असार २ गते २२:३४

काठमाडौं । नेपाली सेनाको इतिहाँसमा राजेन्द्र क्षत्री आर्थिक रुपमा विवादित प्रधान सेनापति थिए । अब उनको विवाद यतिमा मात्रै रहेन, राष्ट्र राष्ट्रियताको सवालमा पनि उत्तिकै विवादित देखिएको छ ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीले आर्थिक अपचलन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गर्ने कि नगर्ने, अदालत प्रवेश गर्ने कि नगर्ने भन्ने बारेमा धेरै बहस र छलफल भए । यद्यपि उनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गर्ने, तहकिकात गर्ने अधिकारसम्म पायो । जब अख्तियारले उनीमाथि अनुसन्धान गर्ने भन्यो त्यसपछि उनी अमेरिका बसाई सरे । हाल उनी उतै छन् ।

बुधबार साँझ एसपीपी सम्झौताको विषयबारे कुराकानी गर्न खोज्दा आफू मुलुकबाहिर अमेरिका रहेको र यसबारेमा अहिले केही पनि नबोल्ने भनेर पन्छिएका थिए । तर एक विशेष स्रोतका अनुसार उनी नेपाल आएर पनि अमेरिका पुगेका हुन् ।


पछिल्ला कालखण्डमा हेर्ने हो भने नेपाली सेनामा प्रधानसेनापति क्षेत्री निकै विवादित बनेका छन् । भूकम्पले क्षति पु¥याएका भवन पुनर्निर्माण, फास्टट्रयाक र तीन तहको निर्वाचनको बाहिरी सुरक्षा, सैन्य सामग्री (हेलिकोप्टर, हतियार, गोलीगट्ठा) खरिदलगायतका लागि क्षत्रीले अतिरिक्त बजेट पाए । भवन निर्माणका निम्ति पुनर्निर्माण प्राधिकरण, फास्टट्रयाक, सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात, निर्वाचन सुरक्षाका लागि रक्षा, वन्यजन्तु आरक्षका लागि वन तथा वातावरण, राष्ट्रिय सेवा दलका लागि शिक्षा मन्त्रालयले छुट्टाछुट्टै बजेट विनियोजन गरेका बेला उनले आर्थिक अनियमितता गरेको आरोप उनीमाथि कायमै छ ।

क्षत्रीको कार्यकालमा सैन्य भर्ना र शान्ति सेनामा समेत अनियमितता भएको ठूलै आक्षेप छ । भर्नामा मोटो रकम उठाएको तथ्य आन्तरिक संयन्त्रमा खुलेको थियो ।
उनले त्यो सम्पूर्ण बजेट आर्थिक प्रशासन विभाग, प्रबन्ध रथी विभाग, युद्धकार्य निर्देशनालय, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु निर्देशनालयलगायत क्षेत्रले परिचालन गर्नुपर्ने आफै चलाएको आरोप मात्रै छैन त्यसबाट अकुत आर्जन गरेको आरोप समेत कायमै रहेका बेला अर्को विवाद पनि थपिएको छ । जसले नेपाली राजनीतिलाई नै तरंगित बनाएको छ ।

Advertisement


क्षेत्री प्रधान सेनापति भएको ४९ दिनमा क्षेत्रीले १० कात्तिक ०७२ मा प्रधान सेनापति नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा भद्रकालीका तर्फबाट नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई सम्बोधन गरेर एउटा ‘नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी) मा औपचारिक रुपमा सहभागी हुन अमेरिकालाई अनुरोध गरेको पत्र सार्वजनिक भएको छ । जुन कुरालाई नेपाली सेनाले पनि स्वीकार गरिसकेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला ओलीसहितको स्वीकृतमा उनले पत्र लेखेको बताइएको छ । कार्यकारी प्रधानमन्त्रीको अनुमति नलिई त्यसरी सेनापती एक्लैले पत्र लेख्न नसक्ने भएकोले उनले ओलीकै सहमतिमा पत्र लेखेको हुनसक्ने बताइएको छ ।

नेपाली सेनाले सो पत्रचारलाई सैन्य गठबन्धन नभई भूकम्पको सहयोगका लागि पत्रचार गरेको जिकिर गरेपनि नेपालीहरु त्यसलाई पत्याउन तयार छैनन । एसपीपी सम्झौताबारे हिजो ( १ असार २०७९) मात्र विज्ञप्ति जारी गर्दै कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको’ जानकारी दिएको थियो । जुन कुरा हिजोको आज नै गलत सावित भएको छ ।


नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री स्वयं एसपीपीका मतियार हुन कि भन्ने आशंका देखिएको छ । संविधानले नै ‘राष्ट्रिय सुरक्षाको मेरुदण्ड’ को जिम्मेवारी दिएको सेनाले सैनिक मुख्यालयमा सम्झौता पत्र प्राप्त भएको छैन भन्ने प्रचार गरे पनि आज पत्र सार्वजनिक हुनुले नेपाली सेनाले राष्ट्र राष्ट्रियतमाथि कुन तहको घात गरेको हो भन्ने बारेमा स्पष्ट भएको छैन ।

नेपालको राष्ट्रिय सुरक्षा नीति २०७७ ले नेपाली सेनालाई सैनिक गठबन्धनमा सरिक हुन निषेध गरेको छ । तर क्षेत्रीले त्यसलाई लत्याएको पाइएको छ । क्षत्रीपछिका प्रधान सेनापति पूर्णचन्द्र थापाका पालामा अमेरिकाले एसपीपीबारे तारन्तार ताकेता गरेको थियो । तर, थापाले विज्ञहरुसँग सुझाव लिएर ‘यस्तो सम्झौता सरकारले गर्ने हो । सेनाले गर्ने होइन । त्यसमाथि नेपालको स्वाभिमानलाई नै चोट पुयाउने यो घातक सम्झौता सरकारले पनि गर्न हुँदैन । गर्न सक्तैन’ भनेर अमेरिकी सैन्य अधिकारीसँग अडान लिएका थिए । त्यसपछि अमेरिकी अधिकारीहकरु हच्किएका थिए ।


क्षेत्री निकै शंकास्पद प्रधानसेनापतिको रुपमा देखिएका छन् । उनले आफ्नो तीन वर्षे कार्यकालमा चार पटक अमेकिारको भ्रमण गरेका थिए । उनी सबैभन्दा बढी अमेरिका भ्रमण गर्ने प्रधान सेनापति हुन् । क्षत्रीले पहिलो पटक ०७३ बैशाख १२ गतेदेखि २३ गतेसम्म, दोस्रो पटक ०७४ जेठ ४ गतेदेखि ९ गतेसम्म, तेस्रो पटक ०७४ असार २२ गतेदेखि २४ गतेसम्म र चौथो पटक ०७४ असोज ७ र ८ गते अमेरिकाको भ्रमण गरेका थिए ।

अहिले पनि उतै बसेर यी सबै गतिविधिलाई नियालिरहेका छन् । सैनिक स्रोतका अनुसार अमेरिका भ्रमणकै क्रममा तत्कालिन प्रधानसेनापति क्षत्रीले एसपीपीको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको दावी छ ।

उनले नेपाल सरकारको स्वीकृति बिना नै क्षत्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता हुँदा अमेरिकासँग सम्वाद, छलफल, समन्वय क्षत्रीका तत्कालीन सैनिक सहायक तत्कालीन एक महासेनानीको हात रहेको दावी छ ।
विहिबार साँझ नेपाली सेनाले अमेरिकालाई पत्रचार गरेको तथ्य स्वीकारेको अवस्थामा तत्कालिन प्रधानसेनापतिलाई कोर्ट मार्सल नहुने गरी पन्छिएको छ ।

२०७२ सालमा आएको विनासकारी भूकम्पलाई देखाएर गरिएको पत्रचार भन्दै कोर्टमार्सल नहुनेगरी पन्छिएको छ । ‘नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी)मा पत्रचार गरेको पुष्टि भए वा सैन्य गठबन्धनमा सहभागी हुनेगरी पत्रचार गरेको भए उनीमाथि कोर्टमार्सल हुने थियो ।

‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो । त्यसबेला अमेरिकासँग पनि सहयोग माग्ने क्रममा पत्र लेखिएको हो । त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ । अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने । उनले यति भनेपछि क्षेत्रीका लागि सहज भएको छ ।

हेर्नुस् छेत्रीले लेखेको पत्र

प्रतिक्रिया